ad ad

राजनीति


कोरोना महामारी थेग्नै नसक्ने भएपछि मोदीले बोलाए मन्त्रिपरिषद् बैठक

कोरोना महामारी थेग्नै नसक्ने भएपछि मोदीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ८:३०,

भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिइरहेपछि नियन्त्रणका उपायबारे छलफल गर्न त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठकमा केन्द्रीय सरकारका मन्त्री मात्र नभई अन्य जिम्मेवार प्रतिनिधि तथा राज्यमन्त्रीसमेत सहभागी हुनेछन्। भर्चुअल माध्यमबाट हुने बैठकमा द्रुत गतिमा फैलिरहेको कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल हुनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार बैठकमा प्रधानमन्त्री मोदीले विभिन्न राज्यमा महामारीको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिने तथा समीक्षा गर्नेछन्। अस्पतालमा बेड, अक्सिजन, खोपलगायत आवश्यक उपचार व्यवस्थाबारे पनि छलफल हुनेछ।

यो पनि : भारतमा कोरोनाको ‘आँधी’ : २४ घण्टामा थपिए ३ लाख ८६ हजारभन्दा धेरै संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .