राजनीति


प्रदेश २ सरकारको निर्णय : १४ अस्पतालमा अक्सिजन भण्डारण र रेमडिसिभिर खरिद

प्रदेश २ सरकारको निर्णय : १४ अस्पतालमा अक्सिजन भण्डारण र रेमडिसिभिर खरिद

शैलेन्द्र महतो
बैशाख १६, २०७८ बिहिबार १३:५४,

प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढि देखिएको हुँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ।

त्यसैगरी संक्रमितका लागि सबैभन्दा महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयसमेत गरेको छ।

बैठकमा सहभागी सरोकारबाला निकायका प्रमुखहरुले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नु पर्ने कदमबारे ब्रिफिङ गरेका थिए।

आठवटै जिल्लामा पीसीआर मेसिन संचालनमा आई सकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले निर्णय गरेको छ।

बैठकमा समाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाली सेनाका उपरथी सुरेश कार्की, प्रदेश सचिव केशव प्रसाद विमली, यामप्रसाद भुषाल, प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम, अनुसन्धानका निर्देशक हरिहर पौडेल, स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार डा. विनोद कुमार यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र, मुख्यमन्त्री कार्यालयका सिडिई भगवान झा सहितको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .