राजनीति


प्रदेश सभा बैठकमा शाहीको अनुपस्थिति रहस्यमयः राष्ट्रिय जनमोर्चा

प्रदेश सभा बैठकमा शाहीको अनुपस्थिति रहस्यमयः राष्ट्रिय जनमोर्चा

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ५:३८,

राष्ट्रिय जनमोर्चा (राजमो)ले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाही अविश्वास प्रस्तावको मतदानको बेलामा अनुपस्थिति रहनु रहस्यमय भएको बताएको छ।

राजमोकी प्रवक्ता दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सांसद शाहीको अवस्थाबारे जानकारी गराएकी हुन्।

गण्डकी प्रदेश सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको राजमोले जनाएको छ।

मतदानका दौरान जुन अस्वभाविक प्रकारका घटनाहरु घटे, त्यसप्रति आश्चार्य र दु:ख लागेको विज्ञप्तिमा उल्लेख छ।

'गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो। त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ। सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? यो कुरा हामी बुझ्न असमर्थ छौं,' पौडेलले भनेकी छन्।

अहिले अस्पतालमा कसैलाई पनि शाहीसँग भेट गर्न नदिइएको जनमोर्चाले बताएको छ। राष्ट्रिय 'जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन। उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो? उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।

वुधबार गण्डकी प्रदेश सभामा विना जानकारी शाही अनुपस्थित भएपछि राजमोकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म संसद बैठक रोक्न माग गर्दै निवेदन दिएकी थिइन्।
थापाको निवेदनपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .