गण्डकी प्रदेश सभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ।
कोरोना बढिरहेको बेला बैठकलाई छोट्याउन आज नै मतदान गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालय स्रोतले बतायो।
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको छलफलमा उठेका विषयको मुख्यमन्त्रीले जवाफ दिने र भोलि मतदान गर्ने पहिलेको कार्यसूची भए पनि कोरोनना महामारीका कारण आजनै मतदान गरिने भएको हो।
मुख्यमन्त्री गुरुङले आफ्नो जवाफ दिए लगत्तै मतदान सुरु हुने छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराए थिए।
सोमबार प्रदेश सभामा प्रस्ताव टेबुल भएको थियो।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको मत आवश्यक छ।
प्रतिक्रिया