टीएनटी स्पोर्ट्स ब्राजिलका अनुसार पीएसजीले मेस्सीलाई आकर्षक मूल्यमा प्रस्ताव गरेको हो।
आगामी जुन ३० अर्थात् दुई महिनामा मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिँदैछ। उनले फ्रि–ट्रान्सफरमै क्लब छाड्न सक्छन्।
तर पीएसजीको प्रस्तावमा मेस्सीले अहिलेसम्म प्रतिक्रिया नजनाएको बताइएको छ।
गत सिजनको सुरुवातमै मेस्सीले बार्सिलोना छाड्न चाहेका थिए। तर सम्झौता नसकिएकाले उनले फ्रि–ट्रान्सफरमा क्लब छाड्न पाउँदैन थिए।
यतिबेला मेस्सीलाई जुनै क्लबले पनि प्रस्ताव गर्नसक्छन्, मेस्सीलाई जुनै क्लब जान पनि छुट छ।
तर पहिले क्लब छाड्न चाहेका मेस्सीले अहिले बार्सिलोना छाड्ने सम्भावना कम हुँदै गएको छ।
यसअघि बार्साका प्रमुख जोसेप मारिया बार्टेमेउको पालामा मेस्सीले क्लब छाड्न चाहेका थिए। कारण, बार्टेमेउको पालामा मेस्सी उनीसँग सन्तुष्ट थिएनन्।
तर अहिले क्लबमा नयाँ प्रमुख चयन भइसकेका छन्। जोआन लापोर्ताले मेस्सीलाई क्लब नछाड्न आग्रह गरिसकेका छन्। लापोर्तासँग उनी सन्तुष्ट छन्।
मेस्सीले बार्सालाई नेमारलाई पुनः अनुबन्ध गर्न आग्रह गरेका थिए। तर मेस्सीको आग्रहलाई बार्टेमेउले अस्वीकार गरेका थिए।
नेमार पीएसजीमा आवद्ध छन्। नेमारले पनि यसअघि आफू मेस्सीसँग पुनः खेल्न आतुर भएको बताएका थिए।
नेमार बार्सा जाने हुन् या मेस्सी बार्सा जाने हुन केही टुंगो छैन तर यतिबेला दुवै क्लब छाड्ने चाहना भएका यी खेलाडी आफ्नै क्लबमा सन्तुष्ट देखिएका छन्। मार्का
प्रतिक्रिया