वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेका तीन मन्त्रालयलाई पूर्णता दिएका छन्।
पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा बुधबार पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन्।
जसमा केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।
पुस छ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बागमती प्रदेशका तीन मन्त्रीले पुस १० गते राजीनामा दिएका थिए।
तत्कालीन अबस्थामा प्रचण्ड–माधव नेपाल पक्षमा रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले संयुक्तरुपमा राजीनामा दिएका थिए।
उनीहरुको शपथ दिउँसो ४ बजे राखिएको छ।

प्रतिक्रिया