नेकपा एमालेको महाधिवेशन आयोजक समिति बैठकमा सहभागी भएका तीन नेतामा कोरोना पुष्टि भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, एमाले राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराई र विदेश विभाग उपप्रमुख विष्णु रिजाललाई कोरोना पुष्टि भएको हो।
नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा सोमबार राखेको महाधिवेशन आयोजक समितिको बैठकमा तीनै जना नेता सहभागी थिए।
मन्त्री रायमाझीलाई वीरेन्द्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने रिजाल र भट्टराई होम आइसोलेसनमा छन्।

प्रतिक्रिया