निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ।
वैशाख १४ (मंगलबार) को निर्णयबाट निर्वाचन अधिकृत नियुक्त श्रेष्ठको कार्यभार वैशाख १६ बाट लागू हुने आयोगले जनाएको छ।
3
Shares

प्रतिक्रिया