सवारी चालक अनुमतिको अनलाइन आवेदन र ट्रायल बन्द भएको छ।
सरकारले वैशाख १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सेवा बन्द भएको जनाएको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीका कारण १६ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएका छन्।
वाग्मती प्रदेशको भौतिक विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले काठमाडौं उपत्यकामा ट्रायल सेवा बन्द भएको जानकारी दिए।
उपत्यकाबाहेकका स्थानमा भने यो सेवा निरन्तर चल्ने उनले बताए।

प्रतिक्रिया