नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ।
वैशाख १३ गते बस्ने भनिएको बैठक पीसीआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका निर्धारण गरेको छ। रासस
3
Shares

प्रतिक्रिया