नेकपा एमालेका उप-महासचिव घनश्याम भुसालले एमाले विभाजन टार्न अध्यक्ष केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
बिहीबार संसदीय दलमा बुझाएको स्पष्टीकरणमा भुसालले पार्टी विभाजन भए नयाँ पीँढीले असाधारण मूल्य चुकाउनुपर्ने बताएका छन्।
'आज पार्टीमा देखापरेका समस्या र तिनले उत्पन्न गरेको विभाजनको खतरालाई टार्न पार्टीको अध्यक्ष र संसदीय दलको नेताको हिसाबले तपाईँले खेल्नु पर्ने भूमिका महत्वपूर्ण छ' स्पष्टीकरणमा भुसालले लेखेका छन्, 'इतिहासमा अग्रजहरुको बलिदानको जगमा हामी आज बाँचेको पीँढीले आफ्नो जिन्दगीमा धेरै फाइदा लिएको छ तर आजका हाम्रा कर्मले आम जनता र आउने पीँढीले असाधारण मूल्य तिर्नु पर्ने अवस्था आउँदैछ।'
उनले पार्टीलाई जोगाउन व्यक्तिगतरुपमा आफूले के के त्याग गर्नुपर्ने हो, त्यो सबैका लागि आफू तयार रहेको बताएका छन्। उनले भनेका छन्, 'त्यसका लागि तपाईँको शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग हुनेछ भन्ने आशा गर्छु।'
स्पष्टीकरणकाे पूर्णपाठ:
Shares

प्रतिक्रिया