राजनीति


कोरोनाले भयावह अवस्था बन्दा सरकार शिलान्यासमा मस्त : सिंह

कोरोनाले भयावह अवस्था बन्दा सरकार शिलान्यासमा मस्त : सिंह

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार १३:४२,

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थीति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताए।

सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरी जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो।

उनले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरेका छन्। सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागीपरेको नेता सिंहको भनाई छ।

देशमा भएका अस्पतालहरुको क्षमता बढाउँदै लग्नुपर्ने भन्दै उनले भने, ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रि सकेको छ। रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस्।’

राजधानीका ठुला अस्पतालहरुमा भएका अक्सिजन प्लान्टसमेत सञ्चालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्यका बिविषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरेका छन्। अब पनि कोरना नियन्त्रण र रोकथाम का बिषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न्न अपिल गरे।

कार्यक्रममा नेता सिंह मार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख एघार हजार रुपैयाँ सहयोग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad