जापानका प्रधानमन्त्री योसिहिदे सुगाले हालै मात्र ताइवानलाई जापानले सहयोग गर्ने सम्भावना नभएको स्पष्ट पारेका थिए।
त्यस लगत्तै ताइवानको विदेश मन्त्रालयकी प्रवक्ता जोनी ओउले बिहीबार भनेकी छिन्,‘आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्नु हाम्रो अटल कर्तव्य हो। ताइवान आफैंले आफ्नो जनताको र देशको रक्षा गर्ने जिम्मेवारी वहन गर्नेछ।’
गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि सुगाले भनेका थिए,‘ताइवानको सम्बन्धमा हाम्रो सेनाको संलग्नता हुनेछैन।’
चीनले ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दछ। तर ताइवानले चिनियाँ शासन आफ्नो देशमा नचल्ने बताउँदै आएको छ।
चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताइरहँदा अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ। जुन कार्यबाट चीन रुष्ट छ।

अमेरिको आफैंले पनि ताइवानलाई देशको रुपमा मान्यता दिएको छैन। तर चीनसँग विभिन्न विषयमा विवादमा रहेको अमेरिकाले चीनलाई चिढ्याउन ताइवानसँग नजिकको व्यवहार गरिरहेको छ।
हालै अमेरिकी सरकारी अधिकारीहरु ताइवान भ्रमणमा जाने चर्चा चलेको थियो। चीनले त्यसबेला आफूले ताइवानमाथि तत्काल आक्रमण गर्ने चेतावनी दिएको थियो।
जापान अमेरिका आवद्ध क्वाडमा संलग्न राष्ट्र हो। अमेरिकाले अघोषित रुपमा ताइवानलाई साथ दिएता पनि जापानले भने ताइवानको विषयमा हस्तक्षेप नगर्ने बताएको हो। एससीएमपी
याे पनि: अहिले नै हो चीनका लागि ताइवान कब्जा गर्ने सबैभन्दा उपयुक्त समय
- चीनले ताइवानमाथि आक्रमण गरे हाम्रो सेना संलग्न हुनेछैनः जापान
Shares

प्रतिक्रिया