राजनीति


समर्थन फिर्ताको जिम्मा प्रचण्डलाई दिइएपछि माओवादी केन्द्रविरुद्ध विष्णु रिजालको टिप्पणी

समर्थन फिर्ताको जिम्मा प्रचण्डलाई दिइएपछि माओवादी केन्द्रविरुद्ध विष्णु रिजालको टिप्पणी

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १२:१४,

नेकपा माओवादी केन्द्रले आफूले सरकारलाई दिएको समर्थन फिर्ता कहिले लिने भनेर निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएपछि नेकपा एमालेका नेता विष्णु रिजालले टिप्पणी गरेका छन्।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको समर्थन उपयुक्त समयमा फिर्ता लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो।

यसलाई माधव नेपाल पक्षका नेता तर हालै ओलीले आयोजना गरेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका नेता रिजालले निर्णय कि अनिर्णय भनी व्यंग्य गरेका हुन्।

‘माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएछ,’ माओवादी केन्द्रको निर्णय सार्वजनिक भएलगत्तै नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले नबुझेको– वस्तुतः यो निर्णय हो कि अनिर्णय? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र?’

नेकपा छँदा प्रचण्ड–नेपाल समूहमा सक्रिय रिजाल तिनै नेता हुन्, जसले ओलीको व्यापक आलोचना गरेर लेख्थे।

यो पनि : फर्केर आउनेलाई ओली समूहले उपयुक्त जिम्मेवारी दिने

rifi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad