भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा देखिएको कोरोना संक्रमित र मृतक दर यो नै हालसम्मको बढी हो।
यसरी कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहँदा पनि भारतमा तीव्र गतिमा संक्रमित थपिरहँदा चिकित्सकहरुले डबल म्युटेन्ट कोरोना भाइरसलाई जिम्मेवार ठहर्याएका छन्।
दुई नयाँ प्रकारका कोरोना भाइरस मिसिएर एक बन्नुलाई डबल म्युटेन्ट भनिन्छ। एनडीटीभीका अनुसार यतिबेला भारतमा ट्रिपल म्युटेन्ट भाइरस देखा परेको छ।
कोरोनाको तीन नयाँ रुप मिसिएर बनेको यस भाइरस झनै शक्तिशाली भएको र यो महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा देखा परेको समाचारमा जनाइएको छ।
वैज्ञानिकहरुका अनुसार कोरोनाको नयाँ रुपहरु सुरुवातमा चीनमा देखिएका कोरोनाभन्दा निकै संक्रामक छन् सोही कारण भारतमा तीव्र रुपमा संक्रमित थपिएको हो।
ट्रिपल म्युटेसनले भारतमा मात्र नभएर विश्वभर समस्या निम्त्याउनसक्ने चेतावनी दिइएको छ।
यो भाइरसले कोरोनाविरुद्ध प्राकृतिक रुपमा बनेको इम्युनिटीलाई नष्ट गर्ने क्षमता राख्दछ।

प्रतिक्रिया