प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी कसेर पाँच जना पूर्वप्रधानमन्त्री अस्थिरता निम्त्याउन लागिपरेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीवरुद्ध मोर्चाबन्दी कसेको थापाको आरोप छ।
र, पूर्वप्रधानमन्त्रीहरूको ‘संयुक्त मोर्चा’ अस्थिरता र छलछाममा संलग्न रहेको आरोपसमेत सल्लाहकार थापाले लगाएका छन्।


प्रतिक्रिया