कला


सुरु भयो ‘रिजन अफ रिया’को छायाँकन

सुरु भयो ‘रिजन अफ रिया’को छायाँकन

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ७:६,

नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ। यो चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरियो। मुहुर्तसँगै बिहीबारबाटै फिल्मको छायाँकन सुरु गरिएको छ।

यो चलचित्रमा नवीन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन्।

धनेश्वर फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन्। काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ। काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए।

यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमारजंग कार्की रहेका छन्। यस्तै यसमा देव महर्जनको द्वन्द्व निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .