राजनीति


चीनले भन्यो, ‘कस्मिर मुद्दा राष्ट्रसंघ सुरक्षा परिषदमा छलफल हुनुपर्छ’

चीनले भन्यो, ‘कस्मिर मुद्दा राष्ट्रसंघ सुरक्षा परिषदमा छलफल हुनुपर्छ’

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ६:३९,

पाकिस्तानले कस्मिर मुद्दालाई लिएर सुरक्षा परिषदमा पठाएको पत्रबारे चीनले प्रतिक्रिया जनाएको छ। भारतीय टेलिभिजन वर्ल्ड इज वान न्युजलेले राष्ट्रसंघ सुरक्षा परिषद्मा यो विषयमा अनौपचारिक छलफल हुनुपर्ने भनेको छ।

केही दिनअघि पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले न्युयोर्कस्थित सुरक्षा परिषद् मुख्यालयलाई पत्र पठाएका थिए।

उक्त पत्रमा भारतले उसको संविधानको धारा ३७० हटाउँदै कस्मिरको विशेष राज्य अधिकार खोसको एवं त्यहाँको जनताको अधिकार खोसेको आरोप लगाएको छ। पाकिस्तान मुस्लिम देश हो। भारत प्रशासिन जम्मु कस्मिर पनि मुस्लिम बहुल क्षेत्र हो। भारतको कदमलाई पाकिस्तानले त्यहाँका मुस्लिम विस्थापित गर्ने योजनाको रुपमा हेरेको छ।

पाकिस्तानले भारतविरुद्ध विश्वले आवाज उठाउनु पर्ने अपिल गरिरहेको छ। राष्ट्रसंघमा पत्र पुगे पनि अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

यसबीचमा चीनले अनौपचारिक परामर्श हुनुपर्ने माग गरेको हो। पाकिस्तान भने यो विषय राष्ट्रसंघमा छलफल गर्न निकै इच्छुक छ।

भारत र पाकिस्तान विवादबारे पोल्याण्डका विदेशमन्त्री जासेक जापुटोविज भन्छन्,‘भारत र पाकिस्तानबीचको तनाबबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी भारत र पाकिस्तानबीच छलफल होस् भन्ने पक्षमा छौं। हामी विश्वास गर्दछौं दुवै देशले दुई पक्षीय वार्ताबाट उपलब्धिमूलक उपाय खोज्नेछन्।’ पोल्यान्ड सुरक्षापरिषदको अस्थायी सदस्य मुलुक हो।

रुसले पाकिस्तानको तर्फबाट प्राप्त भएको पत्रमा छलफलको सुरुवात गर्ने केही जानकारी नभएको प्रतिक्रिया जनाएको छ।

राष्ट्रसंघका लागि रुसी प्रतिनिधी दिमित्री पोल्यान्स्की भन्छन्,‘पत्रमा छलफल हुनेबारे कुनै सिधा जानकारी छैन।’

‘हामीले सुरुवातमा आफैंभित्र छलफल गर्नुपर्दछ। यो विषय पहिलादेखि राष्ट्रसंघमा उठिरहेको विषय पनि हो। हामीले पहिला र अहिलेका घटनाक्रमलाई दाँजेर यस विषयलाई हेर्नुपर्छ’, उनी भन्छन्।

राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्यमा ६ वटा देश छन्। चीन, फ्रान्स, रसिया, ब्रिटेन तथा अमेरिका स्थायी सदस्य रहेको काउन्सिलमा १० वटा अस्थायी सदस्य मुलुकहरु समेत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .