राजनीति


हङकङको विषयमा सीसँग व्यक्तिगत छलफल गर्ने ट्रम्पको प्रस्ताव

हङकङको विषयमा सीसँग व्यक्तिगत छलफल गर्ने ट्रम्पको प्रस्ताव

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ६:३९,

हङकङको प्रदर्शनले हिंस्रक रुप लिएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले चासो व्यक्त गरेका हुन्।

यस विषयमा चिनियाँ राष्ट्रपति सीसँग आफूलाई व्यक्तिगत छलफल गर्न मन भएको उनले ट्वीटर तथा फेसबुकमा बताएका छन्।

ट्रम्पले ट्वीटमा राष्ट्रपति सीले हङकङको विवाद मानवीय रुपमा मज्जाले टुंग्याउनेमा आफूलाई कुनै शंका नभएको जनाएका छन्।

हङकङ चीन प्रशासित क्षेत्र हो। हङकङ चीनको एक देश दुई प्रणालीबाट चल्दै आएको क्षेत्र हो। अर्थात् मुख्य क्षेत्र चीनमा भिन्दै शासन प्रणाली छ भने हङकङमा बेग्लै शासन प्रणाली छ।

हङकङमा चीनभन्दा धेरै स्वतन्त्रता भएको विश्लेषकहरु बताउँछन्।

हालैका दिनमा हङकङ सरकारले संसदमा सुपुर्दगी विधेयक प्रस्ताव गरेको थियो। दुई महिनायता हङकङमा यसै सुपुर्दगी विधेयकविरुद्ध प्रदर्शन भइरहेको छ।

प्रदर्शन पश्चात विधेयकमाथिको छलफल तत्काललाई स्थगित गरिएको छ। प्रदर्शनकारीले हङकङको स्वतन्त्रतामाथि हस्तक्षेप हुनेभन्दै आन्दोलन चर्काइरहेका हुन्।

केही समययता प्रदर्शन झर्नै चर्किएको छ। चीनले प्रर्दशन जारी रहे आफूले हस्तक्षेप गर्ने, जनमुक्ति सेना परिचालन गर्ने बताइसकेको छ।

Related image

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .