हाल जेलमा रहेका नभाल्नीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ।
नभाल्नीका चिकित्सकहरुले उनको ‘केही दिनभित्र ज्यान जान सक्ने’ अवस्था रहेको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई चेतावनी दिएका हुन्।
सुलिभानले सीएनएनसँग भनेका छन्,‘जेलमा नभाल्नीमाथि जे हुन्छ त्यसको लागि रुसी सरकार जिम्मेवार हुनुपर्छ।’
नभाल्नीको अवस्थाबारे रुस विश्व समुदायमाझ उत्तरदायी हुनुपर्ने पनि उनको भनाइ छ।
चिकित्सकहरूले हालै नभाल्नीको रगत परीक्षण गरेका थियो। सो परीक्षणको नतिजाले उनमा हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्था आउनसक्ने देखिएको बताइएको छ।
ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त भनेका छन्।
नभाल्नीलाई गिरफ्तार गर्दै रुसी प्रहरी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो।
सुरुवातमा एक महिनामात्र हिरासतमा लिइने बताइएपनि यतिबेला उनलाई अदालतले साढे ३ वर्षको जेल सजाय तोकिदिएको छ।
नभाल्नीले पुटिनले नै आफूलाई विष खुवाएर हत्या प्रयास गरेको साथै उनको सरकार भ्रष्टाचारी भएको र भ्रष्टाचार गरेरै उनले दराबार बनाएको आरोप लगाउँदै आएका छन्।
सात महिनाअघि नभाल्नीलाई विष खुवाएर हत्या गर्न खोजिएको थियो तर जर्मनीमा उपचार पाएपछि उनी बाँच्न सफल भएका हुन्।
यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप
-एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन
-पुटिनका कट्टर आलोचक नभाल्नीको स्वास्थ्य अवस्था बिग्रियो, हात–खुट्टा सुन्निन थाले

प्रतिक्रिया