राजनीति


४ वर्ष कैद तोकिएका इन्द्रजित राई अढाई महिनापछि छुट्ने

४ वर्ष कैद तोकिएका इन्द्रजित राई अढाई महिनापछि छुट्ने

उजिर कार्की
असार ३०, २०८३ मंगलबार २०:८, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका डा. इन्द्रजित राई अढाई महिनापछि छुट्ने भएका छन्। 

काठमाडौँ जिल्ला अदालतले आज (मंगलबार) उनलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिए पनि उमेरहदका कारण उनले सजायमा छुट पाउने भएका हुन्। उनलाई मुख्य दोषीका रूपमा सजाय तोकिएको हो।

उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको छ।

राईको हकमा उनी ७५ वर्ष नाघेकाले उनको ७५ प्रतिशत सजाय छुट हुनेछ। उनले पुर्पक्षमा बसेर ३ वर्ष २ महिना १० दिन भुक्तान गरिसकेका छन्। 

बाँकी ९ महिना २० दिन कैदको हकमा छुट पाउँदा ७ महिना ७ दिन कैद छुट हुने भएको हो। त्यसैले अब उनले २ महिना १३ दिन कैद र जरिबाना भुक्तान गरे पुग्ने भएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूको सजाय निर्धारण गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad