स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि छनौट भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।
सिफारिस समितिले नेपाल नर्सिङ परिषद्को अध्यक्ष, रजिष्ट्रार, उपाध्यक्ष, स्वास्थ्य बीमा बोर्ड अध्यक्ष र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनौट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो।
नेपाल नर्सिङ परिषद्को अध्यक्षको साउन ५, उपाध्यक्षको साउन ६ र रजिष्ट्रारको ७ गते लागि प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तोकिएको छ। त्यस्तै स्वास्थ्य बिमा बोर्ड अध्यक्षका लागि साउन १ गते र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकका लागि साउन ४ गते तोकिएको छ।
सबैको अन्तर्वार्ता स्वास्थ्य मन्त्रालयमा बिहान १० बजे हुने सूचनामा उल्लेख छ।


Shares

प्रतिक्रिया