राजनीति


कर्णालीबारे लुम्बिनीका मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया : गम्भीर राजनीतिक अपराध

कर्णालीबारे लुम्बिनीका मुख्यमन्त्री पोखरेलको प्रतिक्रिया : गम्भीर राजनीतिक अपराध

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ३:२९,

कर्णाली प्रदेश सभामा नेकपा एमालेका सांसदले पार्टीको निर्देशन (ह्विप) नाघ्दै माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनु गम्भीर राजनीतिक अपराध भएको टिप्पणी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोरखेलले गरेका छन्।

एमालेले कर्णाली प्रदेश सरकारलार्य दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए। त्यसका लागि भएको मतदानमा प्रधानमन्त्री ओली पक्षकै १ र माधवकुमार नेपाल समूहका ३ गरी एमालेका ४ प्रदेश सांसदले पार्टीको ह्विपविपरीत मुख्यमन्त्री शाहीका पक्षमा मत दिएका दिएका थिए। जसले गर्दा शाही नेतृत्वको सरकार जोगिएको छ।

यसै सन्दर्भमा प्रधानमन्त्री ओली पक्ष यतिबेला रुष्ट बनेको छ। यो पक्षका एकपछि अर्का नेताले आलोचना/टिप्पणी/आक्रोश व्यक्त गरिरहेका छन्।

यसै क्रममा एमालेमा ओलीपक्षीय नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिमा विचारका आधारमा ध्रुवीकरण स्वाभाविक मानिन्छ। तर एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध हो।’

यो पनि : कर्णाली प्रदेशमा एमालेका ४ सांसदले पार्टीको ह्विप नमानेकोबारे रामकुमारी झाँक्री भन्छिन्...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad