बाँकेको कोहलपुरमा शुक्रबार साँझ बस र टिपर आपसमा ठोक्किँदा भएको दुर्घटनामा ज्यान गुमाउने ५ जनामध्ये चार जनाको सनाखत भएको छ।
दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ३७ जना घाइते भएका थिए। मृतक महिलाबाहेक बाँकी चार पुरुषको सनाखत भएको प्रहरीले जनाएको छ। मृतक र घाइते सबै बसमा सवार यात्रु हुन्।
कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा ज्यान गुमाउने कोहलपुर नगरपालिका १२ का २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवाल छन्।
कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यो पनि बस र टिपर ठोक्किँदा पाँचको मृत्यु, ४१ घाइते

प्रतिक्रिया