राजनीति


प्रधानमन्त्रीलाई नेता पुनको सुझाव : राजीनामा दिनुस्, गल्ती पखालिन्छ

प्रधानमन्त्रीलाई नेता पुनको सुझाव : राजीनामा दिनुस्, गल्ती पखालिन्छ

नेपालखबर
बैशाख १, २०७८ बुधबार १५:२५,

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।

रोल्पाको सुलिचौर पुगेर नेता पुनले प्रधानमन्त्रीले राजीनामा दिए अहिलेसम्म गरेका गल्ती पखालिने र व्यक्तित्व अग्लिने बताए।

प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले प्रधानमन्त्री ओलीले विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणी गरे।

पुनले प्रधानमन्त्री ओलीले नेकपाले घोषणा गरेको जस्तो विकासको सपना पुरा गर्न नसकेको भन्दै आज गर्नुपर्ने काम नगरेर १०,२० वर्षपछि हुनसक्ने कामलाई सपनाको रुपमा बाँडेको आरोप लगाए।

‘उहाँले पानी जहाज कार्यालय उद्घाटन गरेर टिकट काट्न तयार हुनुस् भन्नुभयो। तर कुसुन्तीमा अहिले पनि पानीजहाजको कार्यालयमा माकुराले जालो लगाएको छ’, उनले भने।

कामको प्राथामिकता छुट्याउने र सोही अनुसार काम गर्ने क्षमता प्रधानमन्त्रीमा नरहेको अनुभव आफूले क्याविनेटमा गरेको उनको भनाइ थियो।

‘अहिले पनि २० प्रतिशन नागरिक खाना नपुग्ने अवस्थामा छन्। संविधानले खाध्य सुरक्षाको ज्ञारेन्टी गरेको छ। तर प्रधानमन्त्री त्यो प्राथामिकताको विषयमा प्रवेश गर्नुभएन। भोलि रेल, पानी जहाज पनि ल्याउने हो। तर आजको आवश्यकता र प्राथामिकता किटान गरेर काम गर्नुपर्दछ। प्रथामिकता किटान नहुँदा प्रधानमन्त्रीको आलोचना भयो। त्यसपछि उहाँ आलोचक खोज्दै गाली गर्न थाल्नुभयो। विश्वभर कोरोनाको सुई पत्ता लागिरहेको थिएन। तर प्रधानमन्त्री ओली बेसार पानी र तातो पानीको कुरा गर्न थाल्नुभयो’ नेता पुनले भने ।

नेता पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि हटाउने चेतावनी दिए। उनीहरुले प्रदेशको स्वायत्तता बचाउने भन्दापनि प्रधानमन्त्रीको अलोकतान्त्रिक कदम र असंवैधानिक कदमलाई समर्थन गरेको नेता पुनलको भनाई छ। प्रधानमन्त्रीले प्रदेश विघटन गर्छु भन्दा पनि मुख्यमन्त्री पोख्रेल र गुरुङले सुनेर बसेको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .