नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेता रावलले अतिक्रमण रोक्न सरकारसँग माग गरे।
उनले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भईरहेको दाबी गरे। त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा वर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उनले सीमा विवाद सुल्झाई अतिक्रमण रोक्नु पर्नेमा जोड दिए।
बैठकमा नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा डुबान लगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरी डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया