राजनीति


नयाँ दिल्लीमा बिम्स्टेक सुरक्षा बैठक, बंगलादेशले राख्यो सार्क ब्युँताउने प्रस्ताव

नयाँ दिल्लीमा बिम्स्टेक सुरक्षा बैठक, बंगलादेशले राख्यो सार्क ब्युँताउने प्रस्ताव

नेपालखबर
साउन १, २०८३ शुक्रबार १५:२७,

भारतले नयाँ दिल्लीमा बिम्स्टेक राष्ट्रका सुरक्षा सल्लाहकारहरूको पाँचौँ बैठक आयोजना गरेको छ। बिहीबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आयोजना गरेको बैठकमा आतंकवाद, संगठित र उदाउँदा सुरक्षा खतराका सम्बन्धमा सहकार्य सुदृढ गर्ने सहमति भएको छ।

बैठकमा नेपालबाट गृहसचिव राजकुमार श्रेष्ठ सहभागी थिए।

डोभलले अहिले विश्वमा भूराजनीतिक द्वन्द्व, प्रविधिको तीव्र विकास र आपूर्ति शृंखलामा आएको अवरोधले मुलुकहरूबीच सघन सहकार्य गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका थिए। बिम्स्टेक मुलुकहरूले आपसी हितका लागि संवाद र निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ थियो।

आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराधसँग जुध्न व्यावहारिक सहकार्य गर्ने सहमति बिम्स्टेक मुलुकहरूबीच भएको छ। त्यस्तै, साइबर, समुद्री सुरक्षा र ऊर्जा क्षेत्रको सुरक्षालाई सुदृढ गर्ने सहमति पनि बैठकले गरेको छ।

बैठकमा बंगलादेशले सार्क ब्युँताउनुपर्ने बताएको थियो। सार्क र बिम्स्टेकलाई एकअर्काको प्रतिद्वन्द्वी मान्न नहुने बंगलादेशको तर्क थियो।

बैठकमा बंगलादेशी राष्ट्रिय सुरक्षा सल्लाहकार अवकाशप्राप्त ब्रिगेडियर जनरल एकेएम शमसुल इस्लामले सार्क र बिम्स्टेक दुवै सँगसँगै अघि बढ्न सक्ने बताए। 

भारतले पाकिस्तानको सहभागिताका कारण २०१६ देखि नै सार्कको गतिविधि ठप्प पारिदिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad