राजनीति


हाइड्रोजनमा आधारित सवारीसाधनबारे सुझाव संकलन गर्दै पूर्वाधार मन्त्रालय

हाइड्रोजनमा आधारित सवारीसाधनबारे सुझाव संकलन गर्दै पूर्वाधार मन्त्रालय

नेपालखबर
साउन १, २०८३ शुक्रबार १६:४, काठमाडौँ

पूर्वाधार विकास मन्त्रालयले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनबारे सुझाव संकलन थालेको छ।

आज (शुक्रबार) मन्त्रालयले एक सूचना जारी गर्दै हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले सूचना संकलन गरिएको बताएको हो।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकाससम्बन्धी सुझावहरू संकलन गर्न लागिएको बताए।

‘यस सम्बन्धमा विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालाहरूलाई आफ्नो अनुभव, अध्ययन, अनुसन्धान तथा व्यवहारिक अभ्यासका आधारमा लिखित सुझाव [email protected] अथवा [email protected] मा २०८३/४/२० सम्म उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad