अमेरिकी राष्ट्रपति जो बाइडेनले आजदेखि सुरु भएको नयाँ वर्षको शुभकामना दिएका छन्।
उनले बुधबार गरेकाे एक ट्वीटमा नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्।
उनले नेपाली र अन्य दक्षिण एसियाली समुदाय तथा दक्षिणपूर्वी एसियालीहरुका विभिन्न पर्वको समेत शुभकामना दिएका छन्।
Jill and I send our warmest wishes to the South Asian and Southeast Asian communities who are celebrating Vaisakhi, Navratri, Songkran, and the incoming New Year this week. Happy Bengali, Cambodian, Lao, Myanmarese, Nepali, Sinhalese, Tamil, Thai, and Vishu New Year!
— President Biden (@POTUS) April 13, 2021वैशाखी, नवरात्री, सोङकर्न र यसै हप्ता रहेका बंगाली, कम्वोडिया, म्यानमा र नेपाली, तमिल र थाई नयाँ वर्षको शुभकामना दिएका हुन्।
यसैबीच, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पनि नयाँ वर्ष २०७८ को शुभकामना दिएका छन्।
‘म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिसनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं,’ उनले भनेका छन्।
— Ambassador Randy Berry (@USAmbNepal) April 14, 2021नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं। #HappyNewYear 2078!🙏 @USEmbassyNepal pic.twitter.com/2IviKkQrl0

प्रतिक्रिया