राजनीति


नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : २०७७ सफलताकै वर्ष रह्यो (लाइभ)

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : २०७७ सफलताकै वर्ष रह्यो (लाइभ)

नेपालखबर
बैशाख १, २०७८ बुधबार २:३७,

नयाँ वर्ष २०७८ सुरु भएको दिन आज (बुधबार) बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्।

प्रधानमन्त्री ओलीले गरेको प्रारम्भिक सम्बोधन जस्ताको तस्तै :

कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि २०७७ उपलब्धिकै वर्ष रह्यो। दशकौंदेखिकाे सपना मेलम्चीको पानी ल्याएर खुसी बाँड्न सफल भएका छौं। २०७७ साललाई निरर्थक हुन दिएनौं। महामारीको कठिन घडीबीच पनि अनलाइनमार्फत शिक्षा सञ्चालन गर्‍यौं।

जनताको जीवन बचाउन सकियो भने उद्योग, स्कुल सबै कुरा पुनः सञ्चालन गर्न सकिन्छ। नागरिकको जीवन नै रहेन भने कुनै कुरा चल्न सक्दैन। उद्योग यदि केही समयका लागि बन्द भए भने नागरिक सुरक्षित रहे भने पुनः सञ्चालन गर्न सकिन्छ। मानिसको जीवन रहेन भने ती सञ्चालन गर्न सकिन्न।

त्यसअर्थ जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेर कोभिडविरुद्धका गतिवविध सञ्चालन गर्‍यौं। हाम्रो सही नीतिकै कारण हामी असफल भएनौं। तुलनात्मक रुपमा जनजीवन सामान्य गर्न सक्यौं। ठूलो क्षति बेहोर्नुपरेन। आर्थिक वृद्धि दरमा केही प्रतिकूलता देखिए पनि ऋणात्मक अवस्तथामा जानुपरेन।

हामीले व्यापार घाटा कम गर्दै लाने दिशामा केही भए पनि कम गर्न सक्यौं। गएको वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ।

अघिल्लो वर्ष हामीले पृथकतावाद अन्त्य गरेर राष्ट्रियता एकता कायम गर्न सफलता हासिल गरेका थियौं। यस वर्ष हिंसाको बाटो लिइरहेको समूह (विप्लव) लाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भयौं। अब देशमा हिंसाको राजनीति छैन। अर्थात् हिंसाका माध्यमबाट राजनीतिक उद्देश्य प्राप्ति गर्ने कुनै समूह छैन। 

हेर्नुहोस्, प्रधानमन्त्रीको सम्बोधनको लाइभ :

Posted by Prime Minister's Press Advisor on Tuesday, April 13, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad