पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नयाँ वर्षको शुभकामना दिएका छन्।
नयाँ वर्ष २०७८ साल सुरु हुनु पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गरी उनले शुभकामना व्यक्त गरेका हुन्।
शुभकामनामा उनले देशको राजनीतिप्रति चिन्ता प्रकट गरेका छन्। साथै देश र नागरिकलक्षित विभिन्न नारा पनि उनले शुभकामनामा समावेश गरेका छन्।
‘निषेध र प्रतिशोधनको चक्रव्यूहबाट बाहिर आउनैपर्छ। मेची–महाकाली देश बचाउने हाम्रो पालि,’ पूर्वराजा शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल हाम्रो पहिचान हो– सनातन हाम्रो संस्कार हो। न जाति न भाषा सबै नेपालीको एउटै आशा।’
हेर्नुहोस्, पूर्वराजा शाहले दिएको नयाँ वर्षको शुभकामना सन्देश :


प्रतिक्रिया