कारोबार


नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो विशेष अफर

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो विशेष अफर

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १५:४३,

स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ लिएर आएको छ।

अफर अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

थप ४ जना भाग्यशाली ग्राहकले यस अफर अन्तर्गत कोन्का टीभी, आईटी स्मार्टवच, वेगा स्ट्याण्ड फ्यान, बाल्ट्रा स्लाइस पप–अप टोस्टर पाउनेछन्।

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन्। साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन्।

आईएमएस ग्रुपका सीईओ तथा प्रेसिडेन्ट दिकेश मलहोत्राले भने, ‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ ल्याएको छ। हामीले स्वास्थ्यसँग सम्बन्धी प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएका छौं। हामीले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दैआएका छौं र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्दैछौं। हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौं। हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं। ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेका छौं।’

यो अफर आगामी २०७८ वैसाख १ गते देखि ५ गतेसम्म मात्र लागू रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad