राजनीति


डा. भट्टराईले यसरी दिए नयाँ वर्षको शुभकामना : आधुनिक भष्मासुरबाट मुक्ति मिलोस् !

डा. भट्टराईले यसरी दिए नयाँ वर्षको शुभकामना : आधुनिक भष्मासुरबाट मुक्ति मिलोस् !

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १५:२९,

बुधबारबाट नयाँ वर्ष २०७८ साल सुरु हुँदैछ। यसको उपलक्ष्यमा सामाजिक सञ्जालमार्फत शुभकामना दिने क्रम सुरु भइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारण नागरिकसम्मले आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना प्रकट गरिरहेका छन्।

यसै क्रममा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मंगलबार राति सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका छन्।

तर उनको शुभकामना अलि फरक छ। अर्थात् उनले शुभकामनामा देशमा व्याप्त राजनीतिक अन्योल र कोरोना महामारी अन्त्यको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई पहिलेदेखि भष्मासुरको संज्ञा दिइरहेका डा. भट्टराईले आफ्नो शुभकामनामा पनि यो शब्द छुटाएका छैनन्।

लेखेका छन्, ‘वि. सं. नयाँ वर्ष २०७८ ले कोभिड–१९ र आधुनिक भष्मासुरबाट सबैलाई मुक्ति देओस् ! सबैको जीवनमा सुख, शान्ति, समृद्धि छाओस् ! हार्दिक शुभकामना !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad