राजनीति


स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक संक्रमित ११ हजार, असारसम्ममा ६ लाख पुग्न सक्ने

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक संक्रमित ११ हजार, असारसम्ममा ६ लाख पुग्न सक्ने

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ८:५०,

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने बताएका छन्।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दैनिक संक्रमित ११ हजार र कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताएका हुन्।

‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ’, मन्त्री त्रिपाठीले भने, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो। त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ।’

जेठ अन्तिम साता र असार पहिलो सातामा संक्रमण उत्कर्षमा पुग्न सक्ने र त्यतिबेला दैनिक संक्रमितको संख्या ११ पुग्नसक्ने बताएका हुन्।

मन्त्री त्रिपाठीले अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिएका कारण थप सचेत हुनुपर्ने बताए।

मन्त्री त्रिपाठीले नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्ने, अस्पताललाई तयारी अवस्थामा राख्नका लागि उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad