ad ad

समाज


निर्माण व्यवसायी मनोज भेटवालले दिए पत्रकारलाई धम्की

निर्माण व्यवसायी मनोज भेटवालले दिए पत्रकारलाई धम्की

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ८:४४,

ठेकेदार मनोज भेटवालले समाचार संकलन गर्न गएका पत्रकारलाई धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ।

भेटवालसहितको टोलीले नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईंलाई आक्रमण गरी ज्यान मार्ने धम्की दिएको भन्दैमहासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार चैत ३० गते काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावरको प्रगति विवरण लगायतका विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार गुरागाईंलाई ठकेदार भेटवालसहित उनका दाजु भैरव भेटवाल, सुपरभाइजर ज्ञानबहादुर रायले आक्रमण गरी सञ्चार सामग्रीसमेत तोडफोड गर्दै ज्यान मार्ने धम्की दिएका थिए।

‘सार्वजनिक प्रयोजनका लागि निर्माण हुन लागेको टावर निर्माणको विषयमा नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका सञ्चारकर्मीमाथि आक्रमण गर्नु, धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम हो’ महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ। र, पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .