राजनीति


म्यान्मारकी लोकतान्त्रिक नेतृ सुचीमाथि लगाइयाे थप ६ नयाँ आरोप, जेल सजाय हुनसक्ने

म्यान्मारकी लोकतान्त्रिक नेतृ सुचीमाथि लगाइयाे थप ६ नयाँ आरोप, जेल सजाय हुनसक्ने

नेपालखबर
चैत ३०, २०७७ सोमबार १०:४३,

सुचीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। न्यापिटअमा पाँच र याङ्गुन एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताएका छन्।

पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको जानकारी दिइएको छ।

म्यान्मारको उत्तरपूर्वी बागो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा सुची र उनको ‘नेशनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो।

निर्वाचन आयोगले सेनाको धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो। नयाँ आरोपहरुले सुचीलाई जेल सजाय हुनसक्छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad