ad ad

राजनीति


माओवादी केन्द्रका थप चार प्रदेश सभा सदस्य पदमुक्त

माओवादी केन्द्रका थप चार प्रदेश सभा सदस्य पदमुक्त

नेपालखबर
चैत ३०, २०७७ सोमबार १०:१२,

नेकपा–एमाले प्रवेश गरेका आफ्नो पार्टीका प्रदेश २ का प्रदेश सभा सदस्यलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।

सो पार्टीको सिफारिशअनुसार आज सोमबार बसेको प्रदेश सभाको बैठकमा उनीहरुको पद रिक्त भएको जानकारी गराइएको छ।

प्रदेश सभा सभामुख सरोज यादवले बैठकमा सो जानकारी दिएका हुन्।

प्रधानमन्त्री केपी ओली नेतृत्वको एमाले प्रवेश गर्ने प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको प्रदेश सभा बैठकमा घोषणा गरिएको हो।

यसअघि एमाले प्रवेश गर्ने प्रदेश १ र लुम्बिनी प्रदेशका सदस्यहरुलाई पनि कारबाही गरी उनीहरुलाई पदमुक्त गरिएको थियो।

त्यसैगरी, माओवादी उम्मेदवारको रुपमा निर्वाचित भई संघीय सभाको प्रतिनिधि सभा सदस्य र ओली सरकारमा मन्त्री समेत रहेका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र दाबा लामालाई समेत माओवादी पार्टीले कारबाही गरेपछि उनीहरुको सांसद पद खारेज भएको छ।

कुनै दलबाट निर्वाचित भएको सांसदले सो पार्टी छाडेमा पद रिक्त हुने व्यवस्था अनुसार उनीहरुको सांसद पद खारेज भएको हो।

यो पनिः
एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार प्रदेश सांसदलाई कारबाही, पदमुक्त गर्न सिफारिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .