राजनीति


सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु

सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु

नेपालखबर
चैत २९, २०७७ आइतबार ९:७,

सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ।

पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकले नयाँ सरकार गठनमा सहयोग गर्नका लागि नेपाली कांग्रेसले गरेको आग्रहबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

छलफलमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी भएका छन्।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतालाई आफ्नै निवास बूढानीलकण्ठ बोलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए।

देउवाको प्रस्तावमा माओवादीले समर्थन जनाए पनि जसपाले भने समय मागेको थियो।

नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र लक्ष्मणलाल कर्ण ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँ सत्ता समीकरण बनाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने पक्षमा छन्।

सोही कारण पार्टीभित्र ओलीको बहिर्गमन र नयाँ सरकार निर्माणमा कुन पक्षलाई साथ दिएर जाने भन्ने विषयमा शुक्रबार पनि जसपाका ६ जना नेता महाराजगञ्जस्थित एक नेताको घरमा छलफलमा बसेका थिए।

सो छलफलमा ओलीको बहिर्गमन नै पहिलो एजेण्डा बनाएर जानुपर्ने कुरामा ६ नेताबीचमा सैद्धान्तिक सहमति जुटेको बताइएको थियो।

आजको बैठकले त्यसबारे एउटा निर्णय गर्ने सम्भावना रहेको बताइन्छ।

यो पनिः
छलफलमा जुटे जसपाका ६ नेता, सत्ता समीकरणबारे कांग्रेसको प्रस्तावमा गर्लान् त निर्णय?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad