राजनीति


प्रधानमन्त्री ओलीले संसदीय व्यवस्था नै गलत हो भन्ने स्थापित गर्न खोजे : सिंह

प्रधानमन्त्री ओलीले संसदीय व्यवस्था नै गलत हो भन्ने स्थापित गर्न खोजे : सिंह

नेपालखबर
चैत २९, २०७७ आइतबार ८:२९,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको बताएका छन्।

असंवैधानिक कदम चालेको प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनरस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने, संसदीय व्यवस्थाल नै गलत हो भनेर जनतामा स्थापित गराउने र संसदको उपेक्षा गर्ने काम गरेको बताए।

पूर्व महामन्त्री समेत रहेका सिंहले प्रधानमन्त्रीलाई सदनमा उभिएर संसद विगठन गर्ने आफ्नो कदम सकारात्मक र जायज स्पष्टीकरण दिन समेत चुनौती दिए।

नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास ग¥यौ भनेर यो सरकारले जनतालाई झुक्याउने गरेको बताएका हुन्।

‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ। नभएको विकास भयो भनेर जनताको मत र विश्वासमाथि खेलवाड गरिरहेको छ’, सिंहले भने।

नेता सिंहले कम्युनिस्टहरुको मुखमा रामराम बगलीमा छुरा हुने गरेको पनि बताए। मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ थियो।

देशलाई संकट पर्दा नेपाली कांग्रेसले सधैँ देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेसकै नेतृत्वको सरकार निर्माणको प्रयास भएको बताए। उनले नयाँ सरकार कांग्रेसको रहर नभइ मुलुकलाई निकास दिन बाध्यात्मक परिस्थिति आएको बताए।

‘सरकार पूर्णतः असफल भइसक्यो, भष्ट्राचारमा लिप्त छ। यस्तो सरकारबाट देश र जनताको हितमा काम होला भनेर आश गरे कुनै ठाउँ छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .