चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गराइएको छ।
शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो।
पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको थियो।
१ सय ८९ रनको लक्ष्य दिल्लीले १८ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको थियो।
त्यसअघि चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया