मुलुक राजनीतिक अन्योलले ग्रस्त रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज (शुक्रबार), नयाँ सरकार गठनका लागि निर्णायक तीन दलको संयुक्त बैठक बस्दै छ।
संसदमा रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आज दिउँसो ३ बजे छलफल हुने भएको हो।
देउवाकै निवास (बूढानीलकण्ठ) मा बस्ने तीन दलको संयुक्त बैठकले राजनीतिक ‘कोर्स’ परिवर्तन गर्न सक्ने केही नेताले दाबी गरेका छन्।
3
Shares

प्रतिक्रिया