राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन्। बुटवलमा जारी पार्टीको चौथो राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
सम्मेलनबाट तीन जना उपाध्यक्षमा, महासचिव सचिव र कोषाध्यक्षसहित सदस्यहरुको चयन सर्वसम्मत गरिएको राजमोले जनाएको छ।
वरिष्ठ उपाध्यक्षमा रश्मिराज नेपालीसहित उपाध्यक्षहरुमा जनकराज शर्मा र दुर्गा पौडेल चयन भएका छन् भने महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन्। यस्तै, सचिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएको राजमोले जनाएको छ। उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएको छ ।
सदस्यहरुमा क्रमशः शंकर वराल, कृष्ण थापा, कृष्णबहादुर खड्का, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्मर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, कमला जिसी, राजेन्द्र ढुङ्गाना, लालबहादुर थापा, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवि शर्मा, भागरथी भट्टराई, दिपक पाण्डे, नारायण जिसी, पद्मा पण्डित, चन्द्रा परियार, लिलादेवि शर्मा, रामकुमार क्षेत्री र कल्याणि श्रेष्ठ रहेका छन्।
त्यस्तै वैकल्पिक सदस्यहरूमा गिरीप्रसाद बुढा, गौरिश्वर पाण्डे, धर्मानन्द सुवेदी, चिन्तामणी पौडेल, हेमकुमार गुरुङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदयनारायण चौधरी, सूवर्णविक्रम थापालाई चयन गरेको छ।
सम्मेलनले बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी, देवजंग शाही, मोहनमणि ढकाल, मोमिना खातुन, रामबहादुर फुँयाल, बेदिलाल सापकोटा र खगा रानालाई सल्लाहकार समितिमा चयन गरेको छ।
चैत २४ गतेदेखि बुटवलमा जारी सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

प्रतिक्रिया