प्रहरीले चोरी कार्यमा संलग्न एक समूहलाई पक्राउ गरेको छ। चोरी कार्यमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछानेको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कुखरे उपनाम गरेका २५ वर्षीय राजेश लामिछाने, वर्ष २५ कै भीम तामाङ, २३ वर्षीय रितेश लामा २७ वर्षीय बिलाष खतिवडा, र २८ वर्षीय नवराज सदाशंकर रहेका छन्। सदाशंकर सुन पसल संचालक हुन्।
सो समूहले बिगत ४-५ वर्षदेखि बिशेषत बालाजु, महाराजगंज समेतका एरियालाई बेश बनाई काठमाडौं उपत्यका भित्रका बिभिन्न स्थानमामा दिनको समयमा मानिस नभएको मौका पारी चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा चैत १९ गते दिनको समयमा टोखानगरपालिका–८ स्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारी कोठामा रहेको ४० ईन्च को एलईडी टीभीसहित सुनका बिभिन्न गर गहना समेत गरि अन्दाजी रु १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको थियो।
उनीहरुले चोरी गरेका एलईडी टीभी एक थान, मोबाइल चार थान, सुनका गहना तीन तोला ४० लाललगायतका वस्तुसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि वृत महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया