राजनीति


संसदले काम गर्न सकेन भने सरकारमाथि मात्रै होइन सभामुखमाथि पनि प्रश्न उठछ : लालबाबु पण्डित

संसदले काम गर्न सकेन भने सरकारमाथि मात्रै होइन सभामुखमाथि पनि प्रश्न उठछ : लालबाबु पण्डित

नेपालखबर
चैत २६, २०७७ बिहिबार ९:३९,

नेकपा एमालेका सांसद् लालबाबु पण्डितले संसदले काम गर्न नसके सरकारमाथि मात्रै नभइ सभामुखमाथि पनि प्रश्न उठने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पण्डितले संसदलाई क्रियाशील बनाउन सभामुखले विशेष भूमिका खेल्नुपर्ने बताएका हुन्।

‘संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने संसदमाथि प्रश्न उठ्छ भने काम गर्न सकेन भनेर प्रश्न उठ्छ भने सभामुखमाथि पनि प्रश्न उठ्छ, सरकारमाथि मात्रै प्रश्न उठ्दैन’, उनले भने।

उनले सांसद्‌मा बाधा अवरोध छन् भने जानकारी हुनुपर्ने भन्दै त्यस्तो नभए एकतर्फी संसद्को काम नभएको बताए।

‘बाधा अवरोध छन् भने संसद्लाई जानकारी हुनुपर्छ होइन भने एकतर्फी रूपमा संसद्को काम छैन’, पण्डितले भने, ‘एकतर्फी रूपमा सरकारले काम दिएन अनि एकतर्फी रूपमा जनताको समस्या संसद् र सरकारले बुझ्न सकिएन भने के हुन्छ? त्यो पूर्वाग्रहबाहेक केही हुँदैन।’

सांसद पण्डितले विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका बताए।

 

‘नाम विधेयक अधिवेशन। ६५ विधेयक राष्ट्रिय र प्रतिनिधिसभामा रहेका छन्। कतिपय सन्धि सम्झौता अनुमोदनका निम्ति पर्खिरहेको स्थिति छ’, सांसद पण्डितले भने, ‘दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रूपमा अहिले पर्खेर बसिरहेको छ।’

उनले निजामति सेवा लगायतका विधेयक र अन्य विधेयक पनि विभिन्न समितले पास गरेर संसदमा पठाएको बताए।

उनले संसद्‌मा आएका विधेयक अगाडि बढाउने काममा कसैले नरोकेको बताउँर्दै त्यसको अगुवाइ सभामुखले लिनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad