नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा संविधानले नै मागेको बताएका छन्।
बिहीबारको संसद बैठकमा आफ्ना धारणा राख्दै उनले संविधानभन्दा माथि प्रधानमन्त्री जान खोजेर समस्या आएको बताए।
संविधान विघटन गलत भएको सर्वोच्च अदालतले ठहर गरिदिएपछि त्यहाँ बस्नु उचित नभएको तिमल्सिनाले बताए।
संविधानसम्मत काम नगर्ने सरकारको राजीनामा आफूहरुले नमागेको उनले दाबी गरे। उनले विधिको शास्त्रले के भन्छ त्यहि गर्नसमेत आग्रह गरेका छन्।
‘त्यो संविधानको दायरामा बस्नु उचित छ कि छैन? कानुनी राज्य पालना गर्नुपर्छ कि पर्दैन? हामीले संसविधानसम्मत, संविधानले दिएको अधिकार प्रयोग गर्ने सरकार हो, संविधानभन्दा माथि कोही छैन, संविधानभित्र रहेर संसद विघटन गरिएको हो’ उनले भने, ‘हामीले मागेको होइन, संविधान नै मागेको हो राजीनामा। कसैले व्यक्तिगत बहुमत भएको पार्टीलाई हामीले राजीनामा मागेका होइनौं।’

प्रतिक्रिया