सविधानविद् भीमार्जुन आचार्यले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।
व्यक्तिगत तथा गुटगत स्वार्थका लागि संवैधानिक निकाय नै दायित्त्वबाट च्युत भएको उल्लेख गर्दै उनले यसबाट राज्य व्यवस्था नै खतरामा परेको औंल्याएका हुन्।
‘एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकाय आफ्नो दायित्त्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ,’ संविधानविद् आचार्यले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो।तरपनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।’

प्रतिक्रिया