नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनका उम्मेदवार मणिराज गौतम विजयी भएका छन्।
सत्तानिकट प्रेस चौतारीका उम्मेदवार बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले हराउँदै गौतम अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचिन समितिका अनुसार गौतमले १०० मत ल्याए भने अधिकारीले ५६ मत मात्र पाए।
यस्तै गठबन्धनका ध्रुव अधिकारी, र सरला अधिकारी उपाध्यक्षमा विजयी भएका छन्। गठबन्धनकै शुभलक्ष्मी विश्वकर्मा सचिवमा निर्वाचित भएकी छन् भने सहसचिव समावेशीमा मानवी बानियाँ विजयी भएकी छन्।
यस्तै सहसचिव खुलामा पनि गठबन्धनकै एमपी शर्मा विजयी बनेका छन्।
यस्तै सदस्यमा सिर्जना नेपाल, बलराम पुडासैनी, प्रदीप अधिकारी, विजय पौडेल, अर्जुन सञ्जेल, उज्ज्वल अधिकारी र नवीन तिमल्सिना निर्वाचित भएका छन्।
सदस्य महिलामा रूपा गुरुङ, सदस्य आदिवासी जनजातिमा नवराज वाइवा, सदस्य मधेसीमा आदित्य कर्ण विजयी भएका छन्। सदस्य दलितमा भने शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छन्।

प्रतिक्रिया