नेपाल पत्रकार महासंघको चुनावअन्तर्गत नुवाकोटमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्यानल पराजित भएको छ।
महासंघको नुवाकोट जिल्ला शाखामा विपुल पोखरेल प्यानलका कपिलदेव खनाल अध्यक्षमा विजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल निर्वाचित भएका छन्।
सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी भएका छन्।
यसपालि पहिलोपटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्। यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया