नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकता गरेर आफूहरुले गल्ती नगरेको बताए।
बुधबार सल्यानको सल्लीबजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि पनि एकताको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताए।
‘कम्युनिस्ट आन्दोलनको एकता अहिले पनि जरुरी छ, हामीले एकता गरेर गल्ती गरेको होइन, सही नै गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘फेरि पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नै पर्छ। फेरि पनि राष्ट्रिय दलहरुबीच सहमति गर्नै पर्छ।’
अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकताको प्रस्ताव आफूले गरेको बताउँदै त्यसले देशभरका कार्यकर्तामा उत्साह ल्याए पनि त्यो टिकाउ हुन नसकेको बताए। उनले ओलीले सहमति तोडेर एकलौटी रुपमा अगाडि बढेका कारण एकता नटिकेको बताए।
‘वाम एकताको लागि मैले गरेको प्रस्तावलाई देशभरबाट समर्थन थियो’, प्रचण्डले भने, ‘मेरो सपना तीन वर्ष पनि जीवित हुन सकेन।’

प्रतिक्रिया