नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली सरकारमा मन्त्री रहेका चार सांसदलाई कारबाही गरेको छ।
मंगलबार माओवादी केन्द्रले पार्टीका तर्फबाट प्रतिनिधि सभामा विजयी भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसदबाट निलम्बन गरेको हो।
माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले सांसदहरुलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाइसकेको जानकारी दिए।
ऊर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री चौधरी कैलाली–३ बाट तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए।
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि यी चार मन्त्रीहरु एमाले प्रवेश गरेका थिए। पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधे पनि जवाफ नदिएपछि कारबाही गरेको जनाएको छ।
त्यस्तै माओवादीतर्फबाट राष्ट्रिय सभामा निर्वाचित गृहमन्त्री रामबहादुर थापालाई भने कारबाही गरिएको छैन।
माओवादी पार्टीले उनीहरुलाई कारबाही गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको छ।

माओवादी पार्टीले उनीहरुलाई कारबाही गरेको जानकारीबारे संसद सचिवालयमा बुझाएको पत्रः

Shares

प्रतिक्रिया